नियम ९८
पुस्तकालय समिति
(१) जिल्ला अदालतमा पुस्तकालयको उचित व्यवस्थापन र सञ्चालन गर्न देहाय बमोजिमको पुस्तकालय समिति रहनेछ -

(क) प्रमुख भै काम गर्ने न्यायाधीश वा निजले तोकेको न्यायाधीश -्अध्यक्ष

(ख) जिल्ला न्यायाधिवक्ता, जिल्ला सरकारी वकिल कार्यालय “सदस्य

(ग) अध्यक्ष, जिल्ला बार इकाइ “सदस्य

(घ) स्रेस्तेदार -सदस्य-सचिव

क्ष (२) उपनियम (१) बमोजिमको समितिको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (क) सर्वोच्च अदालतको पुस्तकालय नीतिको अधिनमा रही पुस्तकालय सम्बन्धी नीति तर्जुमा गरी पुस्तकालय सञ्चालन गर्ने, (ख) अदालतमा आवश्यक पुस्तक, पत्रिका र सफ्टवयरको व्यवस्था गर्ने, (ग) विद्युतीय पुस्तकालयको स्थापना र विकासका सम्बन्धमा आवश्यक कार्य गर्ने, (घ) अदालतमा पुस्तकालयको सुदृढीकरणको लागि आवश्यक अन्य कार्य गर्ने ।